दफा १४५
कानूनी कारबाही चलाउन वा मुद्दाको प्रतिरक्षा गर्न सक्ने

संरक्षकले आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको हक, हितको लागि कुनै व्यक्ति उपर कानूनी कारबाहीचलाउन वा निज उपर परेको मुद्दाको प्रतिरक्षा गर्न सक्नेछ।
तर असक्षम वा अर्धसक्षम व्यक्ति बादी वा प्रतिबादी भई चलेको मुद्दाको सम्बन्धमासंरक्षकले निजलाई मर्का पर्ने गरी कुनै मुद्दाको दाबी वा जिकिर छोड्न वा कुनै मुद्दा मिलापत्र गर्न सक्ने छैन ।